काठमाडौं । सेयर बजारले दिनदिनै नयाँ रेकर्ड बनाउन थालेको छ । यससाता आइतबारदेखि लगातार नयाँ रेकर्ड बनाउँदै आएको नेप्सेले आज पनि ऐतिहासिक रेकर्ड बनाएको छ । आज एकैदिन ४ वटा नयाँ रेकर्ड बनेका छन् ।
गतवर्ष कोरोना कालदेखि उकालो लागेको बजार त्यसयता निरन्तर बढिरहेको छ । अहिले पनि कोरोनाका कारण देशको अर्थतन्त्र ठप्पप्रायः हुँदा लगानीकर्ता सेयर बजारमा होमिँदा बजारले दिनदिनै नयाँ रेकर्ड बनाउँदै गएको जानकारहरु बताउँछन् ।
रेकर्ड नं.१ : नेप्से इतिहासकै उच्च बिन्दुमा : नेप्सले २७९३ विन्दुको उचाइ चुम्दै नयाँ रेकर्ड बनाएको हो । नेप्सेले २७९० विन्दुमाथि पुगेको यो इतिहासमै पहिलो पटक हो । यसअघि सोमबार नेप्सेले इतिहासकै सर्वाधिक २७५९ विन्दुको रेकर्ड बनाएको थियो ।
रेकर्ड नं. २ एकैदिन सर्वाधिक कारोबार : नेप्सेले सूचकमा नयाँ रेकर्ड बनाएको दिन कारोबार रकममा पनि नयाँ रेकर्ड बनाएको छ । एकै दिन झन्डै ११ अर्ब ३५ करोडको कारोबार हुँदै नयाँ कीर्तिमान बनाएको हो । यसअघि गत वैशाख २१ गते हालसम्मकै सर्वाधिक १० अर्ब ६१ करोडको कारोबार भएको थियो ।
रेकर्ड नं. ३ : सर्वाधिक कित्ता सेयर कारोबार : सूचक र कारोबार रकम रेकर्ड कायम गरेको दिन सेयर सर्वाधिक कित्ता सेयर कारोबारको रेकर्ड पनि बनेको छ । आज एकै दिन २ करोड ३१ लाख बढी कित्तासेयर कारोबार भएको छ । यो हालसम्मकै सर्वाधिक हो । यसअघि गत फागुन ३ गते हालसम्मकै सर्वाधिक २ करोड २४ लाख बढी कित्ता सेयर किनबेच भएको थियो ।
रेकर्ड नं. ४ हालसम्मकै धेरै बजार पूँजीकरण : नेप्सेले नयाँ रेकर्ड कायम गरेको दिन बजार पूँजीकरणमा पनि नयाँ रेकर्ड रेकर्ड बनाएको छ । नेप्सेमा सूचीकृत कम्पनीहरुको पूँजीकरण ३९ खर्ब पुगेको छ । यो हालसम्मकै धेरै र देशको जीडीपीभन्दा पनि धेरै हो ।
आज सेयर बजार मापक सूचक नेप्से ३४.५९ अंकले बढेर २७९३.८९ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २१५ कम्पनीको ११ अर्ब ३५ करोड ९३ लाख ६० करोड ९२ रुपैयाँ बराबरको २ करोड ३१ लाख ३१ हजार ६१५ कित्ता सेयर किनबेच भएका छन् ।
आज कारोबारमा आएका १३ वटा समूहमध्ये उत्पादनमूलक समूहको परिसूचक बाहेक बाँकी सबै समूहको परिसूचकमा हरियालीे छाएको छ । जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै २०४.१४, होटल समूह २००.१८ अंकले बढेको छ ।
आज कारोबारमा आएका २१५ कम्पनीमध्ये १८० कम्पनीको सेयर मूल्य बढेको छ भने २२ कम्पनीको मूल्यमा गिरावट आएको छ । १३ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । यसको ६७ करोड ९२ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा नेशनल लाइफ इन्स्योरेन्स र अरुण काबेली ३१ ३१ करोडको कारोबार सहित शीर्ष तीनमा रहे ।
३ दर्जन कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
रेकर्डैरेकर्ड बनेको दिन आज करिब ३ दर्जन कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । सर्किट लाग्नेमा अधिकांश हाइड्रोपावर कम्पनी, होटल र फाइनान्स कम्पनी रहेका छन् ।
आज घलेम्दी, हिमाल दोलखा, नेशनल, शिवश्री हाइड्रोपावर, कालिका पावर, समता घरेलु लघुवित्त, ओरेन्टल होटल, सोल्टी होट, मिथिला लघुवित्त, विशाल बजार कम्पनी र बेस्ट फाइनान्सको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।
यसैगरी, नेपाल फाइनान्स, तारागाउँ होटल, राधि विद्युत् कम्पनी, नेशनल हाइड्रोपावर, रुरु जलविद्युत्, युनाइटेड इदीमार्दी हाइड्रोपावर, युनिभर्सल पावर, प्रोग्रेसिभ फाइनान्स, बुटवल पावर, सिनजी डेभलपमेन्ट कम्पनी, गडविल फाइनान्स र रिडि हाइड्रोपावरको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
यसैगरी, मल्टी प्रपोज फाइनान्स, दिव्यश्वरी हाइड्रोपावर, युनियन हाइड्रोपावर, जानकी फाइनान्स, खानीखोला हाइड्रोपावर, आँखुखोला हाइड्रोपावर, पञ्चकन्यामाइ हाइड्रोपावर, सप्तकोशी डेभलपमेन्ट बैंक, कर्णाली डेभलपमेन्ट बैंक, जोशी हाइड्रोपावर सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।
बढ्दो बजारमा आज नेपाल टेलिकमको सेयर मूल्य सबैभन्दा धेरै १.०७ प्रतिशतघटेको छ ।