काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चालु आर्थिक वर्षको ४ महिनामा झन्डै ५६ अर्बको वस्तु आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आवको कात्तिकसम्म त्रिभुवन विमानस्थलबाट ५५ अर्ब ९२ करोड रुपैयाँको वस्तु आयात भएको हो ।
विभागका अनुसार ४ महिनामा ५ खर्ब ३२ अर्ब ६९ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यस्तै, सोही अवधिमा त्रिभुवन विमानस्थलबाट १२ अर्ब २५ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ ।
यसैगरी, मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध विमानस्थलबाट झण्डै २ करोडको वस्तु आयात भएको छ । विभागका अनुसार कात्तिकसम्म १ करोड ८६ लाख ८२ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।
यस्तै, सोही अवधिमा गौतमबुद्ध विमानस्थलबाट ३८ लाख ९० हजार रुपैयाँको वस्तु निर्यात भएको छ ।