चितवन । कोरोना संक्रमित चितवनको राप्ती नगरपालिका( ८ का २७ वर्यीय युवकले पनि कोरोनालाई जित्न सफल भएका छन् ।
उनको लगातार दोस्रो रिपोर्ट नेगेटिभ आएको छ । उनलाई शनिबार नै डिस्चार्जको तयारी गरिएको छ । यससँगै उनी कोरोनालाई जित्ने १२ औं बिरामी हुनेछन् ।
उनको भरतपुर अस्पतालको क्याबिनमा उपचार भइरहेको छ । चितवनमा ति युवक र उनकी ६३ वर्षीया आमामा कोरोना देखिएको थियो ।
आमाको भने दुबै रिपोर्ट पोजेटिभ आएको छ । सोही कारण उनलाई केही दिन अस्पताल राखिने भएको छ ।
गत चैत ५ गते बेलायतबाट नेपाल फर्किएका आमा छोराको र्यापिड टेस्टका क्रममा कोराना पोजेटिभ देखिएको थियो ।
भरतपुर र काठमाडौंको टेकुमा गरिएको पीसीआर परीक्षणमा समेत पोजेटिभ आएपछि उनीहरूलाई भरतपुर अस्पतालमा उपचारका लागि राखिएको थियो ।
नेपालमा हालसम्म ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ११ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।