काठमाडौं । नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो उडान कुवेतको जजिरा एयरवेजले गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार सातामा तीन उडान गर्ने गरि सो कम्पनीले उडान अनुमति लिएको छ । कुवेतबाट सोमबार, बुधबार र शुक्रबार गरि तीन उडानका साथ जजिराले नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नो उपस्थिति जनाउने भएको हो ।
यो विमानस्थलमा अहिले आन्तरिक उडान शुरु भएको छ । यसैसाताबाट विमानस्थलको नयाँ धावनमार्गमा आन्तरिक उडानका जहाजले उडान\अवतरण गर्न लागेका हुन् । भैरहवा विमानस्थलमा अन्य कम्पनी इच्छुक देखिए पनि उडानका लागि तयार भइसकेका छैनन् ।