झिनो अंकले बढ्यो नेप्से, कारोबार रकममा गिरावट

काठमाडौं । शेयर बजारमा झिनो अंकले बढेको छ ।

साताको कारोबारको तेस्रोदिन शेयर बजार मापक सूचक(नेप्से) २.९९अंकले बढेर १९५३.३५ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २३४ कम्पनीको ९५ करोड ७० लाख ६० हजार २२५ रुपैयाँ बराबरको २५ लाख ८९ हजार ९९७ कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको छ । सोमवार १ अर्ब ४९ करोड ४३ लाख ९४ हजार ६१३ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ७ वटा बढेको छ भने अन्य घटेको छ ।