झिनो अंकले बढ्यो नेप्से, चार कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबार दोस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) ७.७९ अंकले बढेर १९८७. ८७ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार २८५ कम्पनीको २ अर्ब ८८ करोड ६५ लाख ९ हजार ४१५ रुपैयाँ बराबरको ७४ लाख ५४ हजार ७ कित्ता शेयर किनबेच भएका छन् ।

आइतवारको तुलनामा कारोबार रकम घटेको छ । त्यसदिन ३ अर्ब ४५ करोड ४३ लाख ४४ हजार ५६३ रुपैयाँ बराबरको शेयर किनबेच भएको थियो ।

आज कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचकमध्ये ७ बटा घटेको छ भने अन्य बढेको छ ।

आज चार कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।