ट्रम्पको ट्वीटर अकाउन्ट बन्द

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर अकाउन्ट सधैंका लागि बन्द भएको छ । अमेरिकी सामाजिक संजाल ट्वीटर स्वयमःले उनको अकाउन्ट बन्द गरिदिएको हो । हिंसालाई प्रशय दिएको आरोप लगाउँदै ट्वीटरले उनको अकाउन्ट नै बन्द गर्ने निर्णय लिएको अमेरिकी संचारमाध्यमले जनाएका छन् ।

ट्वीटरले एक बयान सार्वजनिक गर्दै राष्ट्रपति ट्रम्पका हालैका ट्वीटहरुलाई गहनपूर्वक समीक्षा गरेको बताएको छ । त्यसपछि अकाउन्ट सधैंका लागि बन्द गर्ने निर्णय लिएको कम्पनीले उल्लेख गरेको छ ।

यसअघि ट्रम्पका समर्थकहरुले संसद भवनमा प्रवेश गरी आक्रमण गरेपछि ट्वीटरले ट्रम्पको अकाउन्टलाई १२ घण्टासम्म निलम्बन गरेको थियो । त्यसबेला ट्वीटरले यदि यस प्लाटफर्मको नियम तोडे सधैंका लागि बन्देज लगाइने चेतावनी समेत दिएको थियो । ट्रम्पले भने हिंसात्मक गतिविधि गर्ने समर्थकलाई ‘देशभक्त’को संज्ञा दिएका छन् । त्यसपछि उनको अकाउन्ट बन्द गरिएको हो ।