त्रिभुवन विमानस्थल बाहिरबाट एक किलो सुन बरामद

File

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट एक केजी सुन बरामद भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले एक केजी सुनसहित केही व्यक्तिलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेको संख्या अझ बढ्न सक्ने छ । प्रहरीले थप केही खुलाएको छैन ।