देशको समृद्दि यात्रामा एनआरएनएहरु पनि जोडिन चाहेका छन्–आचार्य

विश्व न्यूज संवाददाता
अमेरिका ।

देशको समृद्दिको यात्रामा गैर आवासीय नेपालीहरु जोडिएर अघि बढ्न चाहेको गैर आवासीय नेपाली संघका उपाध्यक्ष कुल आचार्यले बताएका छन् ।
उनले नेपालमा व्यक्तिगत तथा संस्थागत रुपमा लगानी बढाउने तर्फ गैर आवासीय नेपालीहरु त्यार रहेको भएपनि केही कानुनत: र व्यवहारिक कठिनाई कारण अपेक्षाकृत रुपमा लगानी हुन नसकिरहेको बताएका हुन ।
गैर आवासीय नेपाली संघ अमेरिकाको टेक्सस राज्य च्याप्टर समितिले विहिवार यहा गरेको अन्तरक्रियात्मक कार्यक्रममा उपाध्यक्ष आचार्यले नतिगत तहमा नेपाल सरकारसँग गैर आवासीय नेपाली संघले यस सम्वन्धमा छलफल गरिरहेको बताए । दोहोरो कर प्रणाली, नेपालमा लगानी गरेपछि आवश्यक परेको खण्डमा कर्म देशमा ल्याउनका लागि रहेको कानुनी अवरोध, लगानीको संरक्षण लगायतका समस्याहरु रहेको भन्दैं यी र यस्ता समस्याहरु समाधान गर्न सक्दा नेपालमा गैर आवासीय नेपालीको लगानी बढेर जाने विश्वास उपाध्यक्ष आचार्यले गरे ।
उनले विगतको तुलनामा संस्थागत र व्यक्तिगत ढंगले लगानी बढिरहेको समेत बताउदैं एनआरएनए आइसिसीले समेत पाइलट प्रोजेक्टको रुपमा कतिपय योजनाहरुमा लगानी गर्न थालेको जनाए । नाफामुखी योजनामा मात्र नभई सेवामुखी कार्यमा समेत गैर आवासीय नेपालीले योगदान गरिरहेको उपाध्यक्ष आचार्यको भनाई रहेको थियो ।
एक अर्को प्रसंगमा उपाध्यक्ष आचार्यले नेपालको संविधानले नैं व्यवस्था गरेको गैर आवासीय नेपालीलाई दिइने दोहोरो नागरिकताको विषयलाई कार्यन्वयन तहमा लैजान काम भैरहेको र त्यो नागरिकता तेस्रो पुस्ता सम्म मात्रलाई दिन सकिने व्यवस्था गरिएकोमा त्यसलाई हटाउन संघले पहल गरिरहेको जानकारी दिए । गैर आवासीय नेपालीलाई दिइने नागरिकता नेपाल सरकारको विदेशमा रहेका नियोगवाट समेत दिलाउन लागि पहल भैरहेको र यसो गर्न सके व्यवहारिक समस्या कम हुने बताउदैं उपाध्यक्ष आचार्यले तत्पश्चात राहदानीको विषयमा छलफल अघि बढ्ने उल्लेख गरे ।
पर्यटन वर्ष २०२० लाई सफल पार्न समेत गैर आवासीय नेपाली संघले भूमिका खेल्ने उपाध्य आचार्यले बताए ।
एक अर्को प्रसंगमा अक्टुवरमा हुने संघको अधिवेशनमा अध्यक्षका प्रत्याशीका रुपमा समेत हेरिएका आचार्यले सबैंलाई मिलाएर संघलाई अगाडि बढाउने पक्षमा आफू रहेको बताउदैं प्रजातान्त्रिक विधिवाट नेतृत्व छानिएपनि त्यसलाई हार र जीतको रुपमा नहेरी समान्य रुपमा बुझ्नुपर्नेमा उनको जोड थियो ।

साथैं विगतदेखिनैं अमेरिकाका एनआरएनहरु संघको अन्तराष्ट्रिय चुनावमा एउटैं पदमा दुई वा बढी उठेका कारण समस्या भएको भन्दैं यस पटकको अधिवेशनमा त्यसो नगर्न आचार्यले सुझाव दिए ।
कार्यक्रममा एनआरएनए आइसिसीका क्षेत्रीय संयोजक गौरीराज जोशीले नेपालमा लगानी गर्ने देखि एनआरएनए अभियानलाई अगाडि बढाउन सगैं हिडेका साथीहरु विचमा प्रतिष्पर्धा नहोस् भन्ने चाहना आफ्नो रहेको बताउदैं मिलेर अघि वढ्न आग्रह गरे ।
एनआरएनए अमेरिकाका निवर्तमान अध्यक्ष तथा आसन्न अधिवेशनमा महासचिव उठ्ने चर्चामा रहेका डा. केशव पौडेलले सबैंको साथ र सहयोगवाटनैं एनआरएनए अमेरिकामा चार वर्ष काम गर्न संभव र केही कामहरु गर्न सकिएको बताउदैं यसैको जगमा सबैंको साथवाट आफू अगाडि बढ्न चाहेको बताए ।
यसैगरी एनआरएनए आइसिसीका सल्लाहकार हरीबोल भण्डारीले आइसिसीमा नेतृत्व मिलेरआउने कुरामा आफू विश्वस्त रहेको र यो नैं आवश्यकता भएकोमा जोड दिदैं यस पटक अमेरिकाले समेत राम्रो उपस्थिति जनाउने बताए । साथैं उनले डा. पौडेलको कार्यकालमा संघले धेरैं कार्यहरु गरेको प्रसंग उल्लेख गर्दै अवको समितिले पनि अझ राम्रो गर्न सकोस् भनी शुभकामना दिएका थिए ।
एनआरएनए अमेरिकाका अध्यक्ष सुनील साहले आइसिसीका विभिन्न पदमा उठ्न आकांक्षा राख्नुभएका सबैंलाई समेटेर अघि बढ्नका लागि आफूहरुले भूमिका खेल्ने भन्दैं सबैं मिलेर जादा बलियो भइने र त्यसले स्वभाविक रुपमा राम्रो उपस्थिति बढाउने जनाए ।
च्याप्टर अध्यक्ष राजेश अर्यालको अध्यक्षता र सचिव सोफिन थापाको संचालनमा भएका कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष डा. अर्जुन बञ्जाडे, प्रवासी नेपाली मञ्जकी उपाध्यक्ष यमुना भट्टराई, संघका पूर्व प्रवक्ता विनोद तिवारी, नेपाली समाज टेक्ससका अध्यक्ष सुमन थापा लगायतले धारणा राखेका थिए ।

सोही अवसरमा एनआरएनए एनसीसी अमेरिकाको कार्यसमितिको वैठकवाट प्रवक्तामा मनोनित ओम भट्टराईलाई संघका अध्यक्ष सुनील साहले शपथ खुलाएका थिए ।