दोहोरो अंकले घट्यो नेपाली शेयर बजार, १६ अर्ब ९९ करोडको कारोबार

काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । बुधबार नेप्से १३.५६ अकले घटेको २९४६.५८ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२१ कम्पनीको १६ अर्ब ९९ करोड ७० हजार ९२ हजार ७०३ रुपैयाँ बराबरको ३ करोड १३ लाख ५४ हजार २२ कित्ता शेयर किनबेच भएका छन् ।

कारोबारमा आएका १३ समूह मध्ये ६ वटाको परिसूचकमा हरियाली छाएको छ । भने ७ वटाको परिसूचक घटेको छ । ८ वटा कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ ।

त्यस्तै, युनाइटेड इदी मर्दी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य आज ९.८८ प्रतिशतले घटेको छ ।

त्यसैगरि कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी भएको छ । यसको ८७ करोड ९४ लाख ९० हजारको कोरोबार भएको छ ।