काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बुधबार ५ अंकले बढेको नेप्से आज फेरि दोहोरो अंकले घटेको हो ।
समग्रमा यस साता नेप्से ३० अंकले बढेको छ । आइतबार एकैदिन ९५ अंकले बढेको नेप्से सोमबार र मंगलबार गरी ५० अंकले घटेको थियो । बुधबार झिनो अंकले बढेको नेप्से आज फेरि घटेको हो ।
सूचकमा गिरावट आए पनि आज कारोबार रकममा भने बढोत्तरी आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ४१ करोडले बढेर झन्डै डेढ अर्ब पुगेको छ ।
बिहीबार नेप्से १९.९७ अंकले घटेर २३५६.२० विन्दुमा आइपुगेको छ । यसदिन २२६ कम्पनीको १ अर्ब ४९ करोड ६२ लाख ४६ हजार ८०८ रुपैयाँ बराबरको ४५ लाख ७४ हजार ५२० कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक राताम्मे भएको छ । विकास बैंक समूह सबैभन्दा धेरै १.७७ प्रतिशतले घटेको छ । त्यस्तै, व्यापार, फाइनान्स, जीवन बीमा र लगानी समूह पनि १ प्रतिशतभन्दा धेरैले घटेको छ ।
आज करोबारमा आएको २२६ कम्पनीमध्ये ३९ कम्पनीको सेयर मूल्य बढेको छ भने १७७ कम्पनीको मूल्य घटेको छ । १० कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
आज आइएमई जनरल इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यसको सवा ५ करोड रुपैयाँ बढीकोे सेयर किनबेच भएको छ । त्यसैगरी, हिमालयन डिस्ट्रीलरी ५ करोड र एनसीसी बैंक पौने ५ करोडको कारोबार हुँदै शीर्ष तीनमा रहे ।
दोहोरो अंकले घटेको बजारमा आज जाल्पा लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।
घट्दो बजारमा आज गुह्वेश्वरी मर्चेन्टका सेयरधनीले सबैभन्द्या धेरै ३.९८ प्रतिशत गुमाएका छन् । त्यसैगरी, गणपति लघुवित्त ३.८३, महुली लघुवित्त ३.७३, पाँचथर पावर ३.७१, किसान लघुवित्त ३.६७, सिभिल लघुवित्त, मिथिला लघुवित्त र सेन्टर फाइनान्स ३.६४, एशियन लाइफ, प्रोग्रेसिभ फाइनान्स र जानकी फाइनान्सको सेयर मूल्य प्रतिशतले घटेको छ ।