दोहोरो अंकले बढ्यो नेप्से, ४ अर्ब ८९ करोडको कारोबार

काठमाडौं । साताको पहिलोदिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकले बढेको छ ।

आइतबार कारोबार शुरु भएदेखि नै उकालो लागेको नेप्से ४६.४३ अंकले बढेर २०१०.४५ विन्दुमा कायम भएको हो ।

यसदिन २०३ कम्पनीको ४ अर्ब ८९ करोड ९४ लाख ८४ हजार १ सय ३१ रुपैयाँको कारोबार भएको छ । ९० लाख ५० हजार १६ कित्ता सेयर किनबेच भएका छन् ।

कारोबारमा आएका १२ वटा समूहमध्ये ९ वटा समूहको परिसूचक उकालो लागेका छन् भने बाँकी ३ समूहको परिसूचक ओरालो लागेका छन् ।