काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेपाल ढिलो–चाँडो श्रीलङ्काकै स्थितिमा पुग्ने चेतावनी दिएका छन् । आइतवार सामाजिक सञ्जालमार्फत नेता श्रेष्ठले भ्रष्ट, स्वार्थ, कुशासन, अपारदर्शिता बढ्दै गए नेपाल श्रीलङ्काकै अवस्थामा पुग्ने चेतावनी दिएका हुन् ।
उनले लेखेका छन्, हामी अहिले नै श्रीलङ्काको अवस्थामा पुगिसकेका छैनौँ, यो सही नै हो । तर तितो र नाङ्गो सत्य यो पनि हो कि निष्ठा, विचार–सिध्दान्त एवम् मूल्यविहीन भ्रष्ट–स्वार्थी राजनीतिको बोलवाला, कुशासन, भ्रष्टाचार, अपारदर्शिता, आसेपासे एवम् दलालीकृत सत्ता, समस्या समाधानप्रतिको गैरजिम्मेवार प्रवृत्ति र तदर्थवादले ढिलो वा चाँडो, एउटा वा अर्कोरूपमा पुर्याउने त्यतै हो ।
देशलाई श्रीलङ्काकै अवस्थामा पुग्नबाट बचाउन समयमै यथास्थिति तोड्ने सकारात्मक धक्कायुक्त हस्तक्षेपको निम्ति सामूहिक एवम् सङ्गठित प्रयत्न गर्नुपर्ने उनको भनाइ छ ।