निक्षेपको ब्याजदर फागुनमा परिवर्तन नगर्ने

काठमाडौं । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एसोसिएसनले माघमा कायम निक्षेपको ब्याजदरलाई नै निरन्तरता दिने निर्णय गरेको छ ।

बैंकहरूले माघदेखि लागु हुने गरी निक्षेपको ब्याजदर घटाएका थिए । माघ अगाडिसम्म एकवर्षे मुद्दति निक्षेपको ब्याजदर नै १२ प्रतिशतभन्दा बढी पुगेको थियो । अहिले बैंकहरूले एक वर्षको मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ११ प्रतिशत ब्याजदर दिने गर्छन् । संस्थागततर्फ भने ९ प्रतिशत ब्याजदर तोकिएको छ ।