काठमाडौं । नेपालमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । नेपाल आयल निगमले पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर २, २ रुपैयाँ मूल्य बढाउने निर्णय गरेको हो । यो मूल्य आइतबार राति १२ बजेपछि लागु हुने भएको छ ।
अब नयाँ मूल्य अनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १२३ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १०६ र आन्तरिक हवाइ इन्धनको मूल्य प्रतिलिटर ७८ पुगेको निगमले जानकारी गराएको छ । भारतीय आयल निगमबाट मूल्य बढेको बील आएसँगै नेपालमा समेत बढाएको निगमको भनाई छ । आयल निगमले एलपी ग्यास र अन्तर्राष्ट्रिय हवाइ उडानको इन्धनको मूल्य भने बढाएको छैन ।