काठमाडौं । शेयर बजारमा उच्च अंकको गिरावट आएको छ ।
कारोबार शुरु भएदेखि नै उतारचढाव लागेको शेयर बजार मापक सूचक (नेप्से) ३८.६१ अंकले घटेर २१४८.१६ विन्दुमा झरेको हो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार विहीवार २१५ कम्पनीको ३ अर्ब ७६ करोड ८० लाख ७९ हजार १७३ रुपैयाँ बराबरको ८५ लाख ६९ हजार ५ कित्ता शेयर किनबेच भएका छन् ।
अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको छ । बुधवार४ अर्ब २ करोड ९९ लाख ३१ हजार ४३९ रुपैयाँ बराबरको कारोबार भएको थियो । आज कारोबारमा आएका १३ समूहको परिसूचक राताम्मे भएको छ ।
उच्च अंकले घटेको बजारमा एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । बलेफी हाइड्रोपार लिमिटेडको शेयरमूल्य ९.९८ प्रतिशतले बढेको छ ।
युनाइटेड इदीमार्दी आरबी हाइड्रोपारको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यस कम्पनीको शेयरमूल्य ९.५२ प्रतिशत भन्दा बढीले घटेको हो ।
त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट कम्पनीको भएको छ । यसको आज २५ करोड २२ लाख भन्दा बढीको कारोबार भएको छ ।
हिमालय डिस्टिलरीको १३ करोड १७ लाख र अपी पावरको १२ करोड ७९ लाखको कारोबार भएको छ ।