काठमाडौं । सेयर बजार झिनो अंकको सुधार आएको छ । मंगलबार ३२ अंकले घटेको बजारमा आज करिब २ अंकले बढेको हो ।
सूचकसँगै आज कारोबार रकममा पनि झिनो सुधार सुधार आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ५ करोडले बढेर सवा ४ अर्ब पुगेको छ ।
सेयर बजार मापक सूचक नेप्से १.८९ अंकले बढेर २७३५.०१ विन्दुमा पुगेको छ । बुधबार २२७ कम्पनीको ४ अर्ब २१ करोड ७४ लाख १५ हजार ३३५ रुपैयाँ बराबरको ७४ लाख ४५ हजार २२७ कित्ता सेयर किनबेच भएका छन् ।
आज कारोबारमा आएका १३ वटा समूहमध्ये बैंकिङ, व्यापार र जीवन बीमा बाहेक बाँकी सबै समूहको परिसूचकमा हरियाली छाएको छ । फाइनान्स समूह सबैभन्दा धेरै १.३१ प्रतिशतले बढेको छ ।
कारोबारमा आएका २२७ कम्पनीमध्ये ११८ कम्पनीको सेयर मूल्य बढेको छ भने ९३ कम्पनीको मूल्य घटेको छ । १६ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ । यसको २६ करोड रुपैयाँ बढीको कारोबार भएको छ । यस्तै, आइसीएफसी फाइनान्सको साढे १८ करोड र अपी पावर १७ बढीको कारोबार हुँदै सर्वाधिक कारोबार हुने कम्पनीको शीर्ष तीनमा रहे ।
झिनो अंकले बढेकोे बजारमा मैलुङ खोला जलविद्युत् कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै ९.४७ प्रतिशतले बढेको छ । त्यस्तै, कर्णाली विकास बैंक ६.६५, पञ्चकन्या माइ हाइड्रोपावर ६, जोही हाइड्रोपावर ४.८५, साना विकास लघुवित्त, आइएमई जनरल इन्स्योरेन्स, घलेम्दी, दिव्यश्वरी हाइड्रोपावरको मूल्य पनि ३ प्रतिशतभन्दा धेरैले बढेको छ ।
बढ्दो बजारमा आज गोर्खा फाइनान्सका सेयरधनीले सबैभन्दा धेरै २.५५ प्रतिशत गुमाएका छन् ।