काठमाडौं । सेयर बजारमा करेक्शन आएको छ । पछिल्ला दिनहरुमा दैनिक नयाँ रेकर्ड बनाउँदै आएको नआज दोहोरो अंकको करेक्शन आएको हो ।
सूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम करिब डेढ अर्बले घटेर १४ अर्बमा सीमित भएको छ ।
आज सेयर बजार मापक सूचक नेप्से १२.६४ अंकले घटेर ३११०.८१ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२६ कम्पनीको १४ अर्ब ३१ करोड ६२ लाख ४९ हजार ९६५ रुपैयाँ बराबरको २ करोड ८८ लाख ४५ हजार ४३१ कित्ता सेयर किनबेच भएका छन् ।
आज कारोबारमा आएका १३ वटा समूहमध्ये विकास बैंक बाहेक अरु सबै समूहको परिसूचक राताम्मे भएका छन् । विकास बैंक समूह २.२४ प्रतिशतले बढेको छ भने हाइड्रोपावर समूह सबैभन्दा धेरै २.१६ प्रतिशतले घटेको छ ।
आज कारोबारमा आएका २२६ कम्पनीमध्ये ७२ कम्पनीको सेयर मूल्य बढेको छ भने १५२ कम्पनीको मूल्यमा गिरावट आएको छ । २ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज अपी माथिल्लो तामाकोशीको सर्वाधिक कारोबार भएको छ । यसको ६५ करोड रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा अपी पावर ५८ करोड र अरुण भ्याली हाइड्रोपावर ४९ करोडको कारोबार सहित शीर्ष तीन स्थानमा रहे ।
दोहोरो अंकले घटेको बजारमा आज ४ कम्पनीको सेयर मूल्य पोजेटिभ सर्किट लागेको छ । नेपाल फाइनान्स, कर्णाली डेभलपमेन्ट बैंक, जीवन विकास लघुवित्तको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।
यस्तै, युनियन लाइफ इन्स्योरेन्सका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन भने फर्स्ट माइक्रोफाइनान्सको मूल्य ८.२० प्रतिशतले बढेको छ ।
घट्दो बजारमा आज युनिभर्सल पावर कम्पनीका लगानीकर्ताले भने सबैभन्दा धेरै ६.७९ प्रतिशत गुमाएका छन् ।