नेपाल आर्मीमा खुल्यो तीन सय जनालाई रोजगारी, पण्डितसम्मको माग

काठमाडौं । नेपाली सेनाले करीव तीन सय जनालाई एकै पटक भर्ना गर्ने गरी जागिर खुलाएको छ । आर्मीको भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाका अनुसार धोवीदेखि पण्डितसम्मको माग आएको छ । लेखा जमदार, पूजारी हुद्दा, धोबीका लागि समेत विभिन्न पदमा दरखास्त आह्वान भएको हो । सेनाका अनुसार लेखा जमदारमा ५० जना भर्ना लिन थालिएको छ । यसमा खुल्लातर्फ २७ र अन्य समावेशीबाट पदपूर्ति गरिने भएको छ ।

पूजारी हुद्दामा चार जनाको माग आएके छ । अमल्दार कर्मचारीमा २८ जना खुलासहित ५३ जनाको माग भएको छ । बन्दोबस्ती कार्य सिपाहीतर्फ ९६ जनाको माग गरिएको छ । यसमा खुल्लातर्फ ५० र अन्य समावेशी तरिकाले पदपूर्ति हुने भएको छ । सुचिकार खुल्लातर्फ ६ र समावेशीमा चार जनाको माग भएको छ ।

कुचिकारमा ५३ जनाको माग आएको छ । चर्मकर्मीमा ११ जना भर्ना गरिने भएको छ । लोहकारमा ८ जनाको माग भएको छ । धोवीमा दुई र केशकर्तकमा २ जनाको माग गरिएको समेत जंगी अड्डाको सूचनामा उल्लेख छ । दरखास्त पुस २१ गतेदेखि माघ २१ गतेभित्र भरिसक्नुपर्ने भएको छ ।