काठमाडौं । चीनले नेपाल एयरलाइन्सले चीन उडानको अनुमति दिएको छ । नेपाल एयरलाइन्सलाई चिनियाँ नागरिक उड्डयन प्राधिकरणले दिएको अनुमत्रि पत्र बुधबार प्राप्त भएको बनाएको छ ।
यससँगै ग्वांगझाउमा जान चाहिरहेको नेपाल एयरलाइन्सलाई चीन उडान प्रारम्भ गर्ने बाटो खुलेको छ ।
अबको दुई महिना बजारिकरण, प्रचार प्रसार र अन्य व्यवस्थापकीय काम सम्पन्न गर्ने र त्यसपछि उडान प्रारम्भ गर्ने निगमका उच्च अधिकारीहरुले जनाएका छन् । चीनले यसअघि नेपालको अडिट गर्न चाहेको थियो ।
तर, हिमालय एयरलाइन्सलाई बीना अडिट अनुमति दिएको र नेपाल एयरलाइन्सलाई रोकेको भन्दै नेपालमा चीनको आलोचना भइरहेको थियो ।
अब भने नेपाल एयरलाइन्सले समेत चीनका जुनसुकै शहरमा पनि उडान गर्न सक्नेछ । अहिले निगमसँग ४ वटा जहाज छन् ।
यी जहाजबाट ८ वटा गन्तब्यमा उडान भइरहेको छ । त्यसमध्ये सबैभन्दा लामो रुट जापानको ओशाका हो ।
अब ओशाका उडान रद्द गरी नेपाल एयरलाइन्स जापानकै नारितामा जाने योजनामा रहेको छ ।
चीनबाट भने नेपालमा ५ वटा जहाज आइरहेका भए पनि नेपालबाट भने जहाज जान सकिरहेका थिएनन् ।