काठमाडौं । शेयर बजारमा हरियाली छाएको छ । तिहार बिदा पछि बजार खुलेको पहिलो दिन शेयर बजार मापक सूचक नेप्से १६.३९ अंकले बढेर १८७४.८७ विन्दुमा पुगेको हो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २२४ कम्पनीको ६९ करोड ७३ लाख १७ हजार ६११ रुपैयाँ बराबरको २५ लाख ७४ हजार ९७५ कित्ता शेयर किनबेच भएका छन् ।
आज कारोबारमा आएका १२ वटा उपसमूहको परिसूचक बढेको छ भने एक वटाको घटेको छ।
कारोबारमा आएका एक कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ । सयपत्री हाइड्रोपावरको शेयर मुल्य १० प्रतिशत बढेर पोजेटिभ सर्किट लागेको छ । नेपाल एसबीआई बैंकको शेयरमूल्य ८.२४ प्रतिशतले बढेर प्रतिकित्ता २८९ रुपैयाँ पुगेको छ ।
नेप्सेका अनुसार अप्पर हेवाखोला हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ८ प्रतिशत भन्दा बढीले घटेको हो ।
कारोबारको आधारमा सबैभन्दा बढी एनआइसी एशिया बैंकको ६ करोड १७ बढीको भएको छ । एभरेष्ट बैंकको ४ करोड ३९ लाख र नविल बैंकको ३ करोड ८० लाखको कारोबार भएको छ ।