न्युयोर्क
न्युयोर्क स्टेटन आईलइयाण्डस्थित एक नर्स कोरोना भाइरस संक्रमणले मृत्यु भएका मृतकको क्रेडिट कार्ड चोरेको अभियोगमा पक्राउ परेकी छिन् । प्रहरीले ती नर्सलाई बिहीवार बिहान पक्राउ गरेको हो ।
न्युजर्सी राज्यको ओल्ड ब्रिज निवासी ४३ वर्षीया डेनेली कोन्टीले स्टेटन आईल्याण्ड युनिभर्सिटी हस्पिटल नर्थमा उपचारको क्रममा ७० वर्षीय एक बिरामीको क्रेडिट कार्ड चोरेर सामान खरिद गर्नको लागि प्रयोग गरेको प्रहरीले जनाएको छ । ती बिरामीको अप्रिल १२ तारिखका दिन मृत्यु भएको समेत न्युयोर्क प्रहरीले जनाएको छ । ती महिलालाई चोरी गरेको कारण ‘ग्राण्ड लार्सेनी’ र ‘पेटिट लार्सेनी’ को अभियोग लगाएको समेत प्रहरीले जनाएको छ ।
मृतकको क्रेडिट कार्ड चोरेर ती नर्सले १०० डलर मुल्य भन्दा कमको केही सामान खरिद गरेकी थिईन् । अप्रिल २८ तारिखका दिन ७० वर्षीय मृतककी छोरीले आफ्नो मरी सकेका पिताको क्रेडिट कार्ड कसैले प्रयोग गरेको थाहा पाएपछि स्टेटन आईल्याण्डस्थित प्रहरीमा उजुरी गरेकी थिईन् ।
सन् २००७ देखि लगातार काम गर्दै आएकी नर्स कोन्टीलाई अस्पताल प्रशासनले निलम्बन गरेको जनाएको छ ।
समाचार श्रोत : न्युयोर्क पोष्ट