न्यूयोर्क भ्रमण सकेर परराष्ट्रमन्त्री स्वदेश फर्कदैं

काठमाडौं । न्यूयोर्क भ्रमण पुरा गरि परराष्ट्रमन्त्री डा. नारायण खड्का आज स्वदेश फर्कदैं छन् । उनी संयुक्त राष्ट्रसङ्घको ७६ औं महासभामा भाग लिन अमेरिका पुगेका थिए । संयुक्त राष्ट्र सङ्घको महासभामा भाग लिन न्यूर्योक पुगेको नेपाली प्रतिनिधिमण्डल ८ असोजमा न्युयोर्क प्रस्थान गरेको थियो । मन्त्री खड्काले महासभालाई सम्बोधन गरेका छन् ।

अमेरिकामा उनले भारत, बङ्गलादेश, कुवेत, बहराइन र चीनका विदेशमन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता समेत गरेका थिए । संयुक्त राष्ट्र सङ्घको ७६ औं महासभालाई सम्बोधन गर्दै उहाँले नागरिकको जीवनलाई सरकारले पहिलो प्राथमिकतामा राखेको बताएका थिए ।