काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र पत्नी कोमल शाहले झापाबाट काठमाडौं आउने पास पाएनन् ।
सरकारले गृह मन्त्राालयबाट जारी सबै पास खारेज गरेपछि पुर्वराज दम्पतिको काठमाडौं आउने पास समेत खारेजीमा परेको हो ।
पूर्वराजा दम्पत्तिलाई काठमाडौं आउन पास नदिने निर्णय गृह मन्त्रालयले गरेको हो ।
बिहीबार पूर्वराजा शाहले काठमाडौं आउन पासका लागि झापा जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका हुन् ।
प्रशासनले शुरुमा पास जारी गरेको थियो ।
तर, उक्त पास प्रक्रिया नपुगेको भन्दै गृहमन्त्रालयबाट खारेजीमा परेको थियो ।
नेपालमा कोरोना भाइरसको सङ्क्रमण बढेसङ्गै लकडाउन कडा गरिएको छ । गृहले सबै पास खारेज गरेको छ ।