काठमाडौं । नेपाल आयल निगमले बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी इन्धनको मूल्यमा भारी वृद्धि गरेको छ । निगमका सहप्रवक्ता पुस्कर कार्कीका अनुसार पेट्रोलको मूल्य आठ रुपैयाँ बढेको छ । १७० रुपैयाँमा एक लिटर पाइने पेट्रोलको मूल्य अब १७८ पुगेको छ । निगमले डिजेल र मट्टी तेलको मूल्य प्रति लिटर १२ रुपैयाँ बढाएको छ ।
अब डिजेल र मट्टीतेल प्रतिलिटर १६५ रुपियाँ पर्नेछ । निगमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने चलाएको छैन । मूल्य समायोजनपछि पनि पेट्रोलमा २४ रुपैयाँ ७० पैसा तथा डिजेलमा १८ रुपैयाँ ०१ पैसा घाटा रहेको निगमको दाबी छ । मट्टिेतलमा भने प्रतिलिटर १७ रुपैयाँ ०१ पैसा नाफा छ ।