पेट्रोलियम पदार्थमा एकैपटक उच्च मूल्य वृद्धि, खाना पकाउने ग्याँसमा २००, अन्यमा १०\१० रुपैयाँ बढ्यो

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्यमा भारी वृद्धि गरेको छ । निगमले खाना पकाउने ग्याँससहित पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढेको हो । ग्याँसमा प्रतिसिलिण्डर २ सय रुपैयाँ बढेको छ । अन्य इन्धनमा भने प्रतिलिटर १० रुपैयाँका दरले मूल्य बढेको छ । अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ पर्ने भएको छ ।

त्यस्तै खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २ सय बढ्दा ग्यासको भाउ प्रतिसिलिण्डर १८ सय पुगेको छ । आयल निगमले नोक्सानी बढेको भन्दै इन्धनको मूल्य बढाएको बताएको छ । बढेको मूल्य आजै राती १२ बजेदेखि लागू हुने भएको छ । यसरी मूल्य बढाउँदा समेत निगमलाई १५ दिनमा ३ अर्ब ३५ करोड घाटा हुने दावि गरिएको छ ।