प्रधानमन्त्रीले मंगलबारका लागि बोलाए सर्वदलीय बैठक, के छन् एजेण्डा ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बस्ने गरी सर्वदलीय बैठक डाकेका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक मंगलबार विहान ११ बजेका लागि बोलाइएको छ । समसामयीक विषयमा छलफल गर्ने भन्दै प्रधानमन्त्रीले बैठक डाकेका हुन् । पछिल्लो समय नेपालमा गणतन्त्र विरोधी आन्दोलन चर्किएको छ ।

राजतन्त्रको पक्षमा देशव्यापी आन्दोलन हुन थालेपछि सम्भवतः सोही विषयमा चर्चा गर्न प्रधानमन्त्रीले सर्वदलीय बैठक डाकेका छन् । यसअघि नेपालको भूमि मिचेर भारतले सडक बनाएपछि गत वैशाख ३१ मा उनले संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिलाई डाकेका थिए ।