प्रभु लाइफको आइपीओ बाँडफाँट, ५ लाख ९ हजारको हात रित्तो

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको प्राथमिक साधरण सेयर (आइपीओ) बाँडफाँट भएको छ ।
विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलमा भएको बाँडफाँट अनुसार भाग्यशाली ५ लाख ४० हजार जनाले गोलप्रथाबाट १० कित्ताका दरले सेयर पाएका छन् भने ५ लाख ९ हजार ४७ जनाको हात रित्तो भएको छ ।

क्यापिटलका अनुसार प्रभुको आइपीओमा कुल १० लाख ५१ हजार २१६ जनाले आवेदन दिएका थिए । सोमध्ये २ हजार १६९ आवेदन रद्द भएका थिए ।

कम्पनीले पुस २९ गतेदेखि ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ निष्काशन गरेको थियो । जसमध्ये ३ लाख कित्ता कम्पनीको कर्मचारी र ३ लाख कित्ता सामूहिक लगानीकोषका लागि छुट्याइएको थियो भने ५४ लाख कित्ताका लागि सर्वसाधरणका लागि छुट्याइएको थियो ।

कम्पनीको आइपीओमा १० लाख ५१ हजार २१६ आवेदकले २ करोड ७८ लाख २१ हजार १६० कित्ताका लागि आवेदन दिएका थिए । यो मागको करिब साढे ५ गुणा बढी हो।

हाल कम्पनीमा चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ भने आइपीओपछि २ अर्ब पुग्नेछ ।