बारामा स्टील कारखानामा आगलागी, दुई मजदुरको मृत्यु

काठमाडौं । बाराको सिमरास्थित जगदम्बा स्टिल इन्डस्ट्रिज उद्योगमा आगलागीमा परी दुई मजदुरको मृत्यु भएको छ । तीन जना घाइते छन् । प्रहरीका अनुसार आगलागीमा भारतको बिहार पश्चिम चम्पारणका ४० वर्षका प्रदीप गोंढ र बिहारको सिमान जिल्लाका ४५ वर्षका रामनाथ महतोको मृत्यु भएको छ ।

घटनामा रामकुमार विक, ईन्द्रप्रसाद अधिकारी र नवराज चौलागाईं घाइते छन् । उनीहरुको सिमरामा उपचार जारी छ । पाइप वेल्डिङ्ग गर्ने क्रममा विद्युत सर्ट भएको र सोहीकारण आगलागी भएको प्रहरीले अनुमान गरेको छ ।