भारतबाट घटेर आयो पेट्रोल र ग्यासको भाउ

काठमाडौं । इण्डियन आयल कर्पोरेशन (आइओसी)ले नेपाल पठाउने पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ ।

पछिल्लो पटक इण्डियन आयल कर्पोरेशन (आइओसी)ले पठाएको नयाँ मूल्य सूचीअनु्सार पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ ।

आइओसीबाट प्राप्त खरिद मूल्यसूची अनुसार प्राप्त खरिद मूल्यसूची अनुसार डिजेलमा २ रुपैयाँ १६ पैसा बढेर आएको छ । त्यस्तै, मट्टितेलमा ५ पैसा र हवाई इन्धनमा ५७ पैसा मूल्य बढेर आएको छ । त्यसबाहेक पेट्रोलको मूल्य भने ७ पैसा र एलपीजी ग्यास १६० रुपैयाँले घटेर आएको छ ।

एलपीजी ग्यासमा यसअघि १६० रुपैयाँ घाटा थियो । आईओसीले पठाएको नयाँ मूल्य सूचीले एलपीजी ग्यासमा भने घाटा नहुने भएको छ । हाल कायम गरेको मूल्यलाई स्थिर राखेमा आगामी १५ दिनमा १ अर्ब ६० करोड रुपैयाँ नाफा हुने अनुमान गरेको छ ।