काठमाडौं । भूकम्पपछि बन्द भएको पाँचतारे होटेल एभरेष्ट पुनः संचालनमा आएको छ । भूकपले मक्काएको यो होटेलको मर्मत सकिएपछि पुनः संचालनमा ल्याइएको व्यवस्थापनले जानकारी दिएको छ ।
भूकम्पपछि सरकारले यस होटेलमा रातो स्टिकर लगाएको थियो । त्यसपछि व्यवस्थापनले लामो समय यो होटेल पुनः संचालनमा ल्याएको हो ।
यस होटेलमा मजदुर र व्यवस्थापनबीचमा समेत केही समय विवाद भएको थियो ।
यस होटेलमा १६० कोठा छन् । त्यसमध्ये लवी र केही कोठाहरुको पुनर्निर्माणको काम सकिएपछि होटल सञ्चालनमा ल्याइएको व्यवस्थापनले जानकारी दिए ।
गत फागुनमा व्यवस्थापन र मजदुरबीच सहमति भएपछि यो होटेल संचालनको वातावरण भएको हो ।
व्यवस्थापन र मजदुरबीचको सहमति अनुसार व्यवस्थापनले होटल बन्द भएयताको तलब भत्ता उपलब्ध गराउने भएको छ भने तलब पनि ५ प्रतिशत बृद्धि भएको छ।