काठमाडौं । यस वर्षको नोबेल पुरस्कारको घोषणा शुरु गरिएको छ । मंगलबार भौतिकशास्त्रतर्फको नोबेल पुरस्कारको घोषणा गरिएको हो ।
२०२१ को भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार सुकोरो मनाबे, क्लाउस हेसलमन र जर्जियो परिसीलाई दिने घोषणा गरिएको छ ।
मंगलबार रोयल स्वीडिस एकेडेमी साइन्सले जापानका सुकोरो र जर्मनीका क्लाउसलाई आधा र बाँकी आधा इटलीका परिसीलाई भौतिकशास्त्रको २०२१ को नोबेल पुरस्कार दिने घोषणा गरेको हो ।
रोयल स्वीडिस एकेडेमी साइन्सका अनुसार सुकोरो र क्लाउसले गरेको वातावारणमा कार्बनडाइअक्साइड बढ्दै जादा पृथ्वीको साथको तापक्रम कसरी बढ्दै जान्छ भन्ने अध्ययनका नोबेल पुरस्कार दिइएको छ ।
त्यस्तै परिसीलाई आणविकदेखि आकाशीय पिण्डसम्मको भौतिक प्रणाली बारेको अध्ययनका लागि नोबेल पुरस्कार दिने घोषणा गरिएको हो ।
यसअघि सोमबार चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार डेभिड जुलियस र अर्डम पाटापोटियनलाई संयुक्तरुपमा प्रदान गरिएको छ । स्नायु प्रणालीले तापक्रम र स्पर्श थाहा पाउँछ भन्ने कुरा पत्ता लगाएका जुलियस र् पाटापोटियनलाई नोबेल पुरस्कार दिइएको छ ।
नोबेल पुरस्कार पाएका जुलियस अमेरिकी नागरिक हुन् भने पाटापोउटियन लेबनानका नागरिक हुन् ।
अब बुधबार रशायनशास्त्रतर्फको नोबेल पुरस्कारको घोषणा गरिदै छ ।