काठमाडौं । सोमबार साँझ एक सनसनीपूर्ण खबर सार्वजनिक भयो । निकै भद्र र सालिन स्वाभावका सभामुख कृष्णबहादुर महरामाथि संसद सचिवालयकै एक कर्मचारीले बलत्कारको आरोप लगाइन् ।
अनलाईन मिडिया र सामाजिक संजालका पाना भरिए । दुबै पक्षबाट स्पष्टिकरणसहितका अभिव्यक्ति सार्वजनिक भए । यो खबर धेरैले पत्याउन सकेका छैनन् ।
तर, महिला कर्मचारीले आफूलाई थ्रेट आइसकेको सम्म भन्न भ्याएपछि भने कतै होकी भन्ने समेत परिसकेको छ । सोमबार साँझ नै महराको सचिवालयले एक विज्ञप्ती सार्वजनिक गर्यो ।
सचिवालयका अनुसार महिला कर्मचारीले आरोप लाएजस्तो महरा उनको कोठामा गएका पनि थिएनन् । उनको कोठामा भेटिएका चस्मा र चप्पल पनि उनका होइनन् ।
यता महिला कर्मचारीले भने मदिरा पिएर महराले आफूमाथि दूब्र्यबहार गरेको आरोप लगाइरहेकी छिन् ।
यी दुईबीचको यो आरोप प्रत्यारोप अहिले त सामाजिक संजाल र मिडियाको पानामा मात्र सिमित छ । किनकी उनले प्रहरीमा कुनै उजुरी दिएकी छैनन् ।
तर, महरामाथि जुन संगिन आरोप लागेको छ, यसबाट उनले पखालिन भने निकै मिहेनग गर्नुपर्ने हुन्छ ।
या त महिला दोषि भई झुटो आरोपमा कानूनी कारवाहीको भागिदार हुनुपर्छ या सभामुखले बलत्कार गरेको प्रभाणित हुनुपर्छ । यी दुबै केश अतिवाद र सोच्नै नसकिने घटना हुने छन् ।