मेयर बालेनका दुई स्टाटसले उब्जाएका प्रश्न

काठमाडौं । काठमाडौंका मेयर बालेन साहले शनिबार अप्रत्यासित रुपमा आफ्नो राजिनामा मागेको उल्लेख गर्दै सामाजिक सञ्जालमार्फत सबैको ध्यानाकर्षण गराएका छन् । उनले राजिनामा कसले र किन माग्यो उल्लेख गरेका छैनन् । जनअपेक्षा अनुसार काममा खरो उत्रन नसकेका उनलाई पछिल्लो समय कही कतैबाट सार्वजनिक रुपमा राजिनामा मागिएको छैन ।

शनिबार दिउँसो देश बन्दैन भन्दै स्टाटस लेखेका उनले साँझ भने आफु अटल, अजर र अडिग तथा निडर रहेको भन्दै आत्मसमर्पण नगर्ने भनी स्टाटस राखेका छन् । यी स्टाटस को प्रति लक्षित हुन, उनले खुलाएका छैनन् । पछिल्लो समय फुटपाथबाट साना व्यापारी हटाउने महानगर प्रहरीको शैलीको भने आलोचना हुने गरेको छ ।