काठमाडौं । मेलम्ची खोलाको पानी सुरुङमार्ग हुँदै आजबाट बागमती खेलामा बगाउन थालिने भएको छ । मेलम्ची खानेपानी आयोजनाका अनुसार सुरुङ परीक्षण गर्न चैत २९बाट पानी पठाइएको थियो । उक्त पानी मंगलबारबाट बागमतीमा बगाउन थालिने भएको छ ।
समितिले सूचना निकालेर आजदेखि मेलम्चीको पानी बागमतीमा पठाइने भन्दै किनारमा बस्नेलाई सावधान रहन भनेको छ । समितिका अनुसार सुन्दरीजलदेखि तल वाग्मती नदीमा पानीको बहाव बढ्दै जाने छ । यसले तटीय क्षेत्रका बासिन्दालाई विशेष सावधान रहन भनिएको छ । सरकारले मेलम्चीको पानी वैशाख ११ गतेबाट धारामा पठाउने तयारी गरेको छ ।