काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त क्षेत्रका ऋणीहरूलाई सहुलियत दिने निर्णय गरेको छ।
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा प्रतिवेदनमा लघुवित्तका ऋणीहरूलाई असार मसान्नतसम्म कर्जाको पुनसंरचना/पुनर्तालिकीकरण गर्न सक्ने उल्लेख छ।
‘वास्तविक क्षेत्रमा देखापरेको शिथिलताका कारणले लघुवित्त वित्तीय संस्थाका सदस्य ऋणीलाई कर्जा चुक्ता गर्न परेको कठिनाईलाई दृष्टिगत गरी सम्बन्धित संस्थाले आवश्यकता र औचित्यको आधारमा ०८० असार मसान्तभित्र कर्जाको पुनरसंरचना/पुनर्तालिकीकरण गर्न सक्ने व्यवस्था मिलाइने छ,’ प्रतिवेदनमा भनिएको छ।
त्यस्तै मौद्रिक नीतिले अर्थतन्त्रको वास्तविक क्षेत्रमा देखिएको शिथिलतालाई दृष्टिगत गरी बैंक तथा वित्तीय संस्थाले ऋणीको नगद प्रवाहको विश्लेषणमार्फत् आवश्यकता र औचित्यताको आधारमा होटल तथा रेष्टुरेन्ट, पशुपक्षी पालन, निर्माण क्षेत्रसँग सम्बन्धित कर्जा र ५ करोडसम्मको अन्य क्षेत्रमा प्रवाह भएको कर्जालाई ०८० असार मसान्तभित्र पुनरसंरचना/पुनर्तालिकीकरण गर्नसक्ने व्यवस्था मिलाइने जनाएको छ।
यो व्यवस्थाले साना व्यवसाय र ५ करोडसम्म ऋण चलाएका ऋणीहरूलाई केही समय राहत हुने भएको छ।