काठमाडौं । सरकारले नेपाल वायुसेवा निगमको उपाध्यक्षमा विक्रम राईलाई नियुक्त गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले सञ्चालक सदस्य राईलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
बैठकले संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीको प्रस्तावमा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको उपाध्यक्षमा विक्रम राईलाई नियुक्त गरेको छ।
नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको सदस्य पदमा सिन्धुपाल्चोकका लेखनाथ लामा र काठमाडौंका साहरा श्रेष्ठलाई मनोनयन गर्ने निर्णय पनि गरेको छ।
मन्त्रिपरिषद्को बैठकले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री संयोजकत्वमा रहेको राष्ट्रिय व्यापार सहजीकरण समिति निजी क्षेत्रलाई पनि राखेर गठनको निर्णय गरेको छ।