काठमाडौं । केही दिन देखियता काठमाडौं उपत्यकाका विभिन्न स्थानमा राती एक अनौठो गन्धले मानिसहरु डराएका थिए । यसको चर्चा सामाजिक सञ्जालमा थियो ।
एकान्तकुना, पाटन, नख्खिपोट, बानेश्वर, भक्तपुर लगायत क्षेत्रमा रातमा नमिठो धुँवा आएको र त्यसको गन्धले सास फेर्नै मुस्किल परेको गुनासो सामाजिक संजालमा थियो ।
सामाजिक संजालमात्र होइन, प्रहरीमा समेत यसको उजुरी परेको थियो । भारतमा केही दिनयता विशालु हावाका कारण जनजीवन प्रभावित भएको खबर सार्वजनिक भइरहेको समयमा धेरैको अनुमान त्यही थियो ।
नेपालमा समेत सोही हावा आइपुग्यो । कसैकसैले रातमा टोलटोलमा लास जलाउने गरेको समेत अनुमान गर्न भ्याए । । तर, जब वास्तविकता खुल्यो, त्यसले भने अचम्मित बनाएको छ ।
प्रहरी वृत्त सातदोबाटोले यसको रहस्योदघाटन गरेको छ । प्रहरीका अनुसार तीन जना मानिसले बधशालाबाट राँगाको हड्डी र छाला ल्याएर बोरामा हाली जलाएर धुवाँ फैलाउने गरेका थिए ।
भैंसी र राँगाका हड्डीसहित तीन जना पक्राउ परेका छन् । त्यसमध्ये ‘दुई भारतीय र एक नेपाली छन् ।
प्रहरीका अनुसार २८ वर्षीय शाजिद मुस्लिम, १९ वर्षका फेसल मुस्लिम र ४८ वर्षीय राजेश शेर्पा पक्राउ परेका छन् । उनीहरुलाई वातावरण प्रदूषणको कसुरमा समातिएको हो ।