काठमाडौं । सरकारले राजस्व बोर्डको अध्यक्षमा पूर्व सचिव महेश दाहाललाई नियुक्त गरेको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले मन्त्रीपरिषदको निर्णय सुनाउदै दाहाललाई नियुक्त गरेको जानाकारी दिए ।
उनी तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपालका पालमा हङ्कङको महाबाणिज्य दूत पनि भएका थिए। अर्थमन्त्री डा. युवराज खतिवडाले गत पुसमै राजश्व बोर्ड गठन गर्ने बताएका थिए। तर गठन भने गर्न सकिरहेका थिएनन्।
त्यस्तै अर्थमन्त्रालयले राजस्व सम्बन्धिका विवाद समाधान तथा नीतिगत सुझाव दिनका लागि गठन गर्ने स्थायी संयन्त्रको सदस्यमा निर्मलहरी अधिकारी नियुक्त भएका छन्।
अधिकारी यसअघि अर्थमन्त्रालयको सहसचिवबाट अवकास पाएका थिए। उनी अहिले राष्ट्रिय बाणिज्य बैंक सञ्चालक समिति अध्यक्ष छन्।