वासिंटन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । ह्वाइट हाउसले यो खबरको पुष्टी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । राष्ट्रपति बाइडेनले कोरोना विरुद्धको पूर्ण खोप र बुस्टर डोज समेत लगाइसकेका थिए । ह्वाइटहाउसबाट जारी विज्ञप्ती अनुसार राष्ट्रपतिमा हल्का लक्षण देखिएका छन् । उनको उपचार शुरु भइसकेको छ ।
उनी ह्वाइटहाउसमा क्वारेन्टिनमा रहने छन् । यस दौरान उनले राष्ट्रपतिको भूमिका भने निर्वाह गरिरहने छन् । उनले कर्मचारीसँग अनलाइनका माध्यमबाट सम्पर्क गर्नेछन् । यसअघि बाइडेनको मंगलबार गरिएको परीक्षण भने नेगेटिभ आएको थियो । हल्का थकान, रुघा र सुख्खा खोकीको अनुभव राष्ट्रपतिले गरेको बयानमा उल्लेख छ ।