वासिंटन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडेनलाई १० दिनको अन्तरमा दोस्रो पटक कोभिड पोजेटिभ भएको छ । ७९ वर्षिय राष्ट्रपति वाइडेनको शनिबार गरिएको एन्टिजेन परीक्षणमा कोरोना पोजेटिभ देखिएको राष्ट्रपतिका चिकित्सक केभिन ओकोनरलाई उदृत गर्दै सञ्चार एजेन्सीहरुले उल्लेख गरेका छन् । पुनः कोभिड देखिएपछि उनी ह्वाइट हाउसमै आइसोलनमा बसेका छन्। यसअघि उनलाई जुलाई २१ मा पछिल्लो पटक कोरोना भाइरसको संक्रमण भएको थियो। उनले त्यतिबेला कोरोनाका हल्का लक्षणहरू आफूले अनुभव गरिरहेको बताएका थिए ।
यस संक्रमणमा भने आफूलाई कुनै पनि लक्षण नदेखिएको राष्ट्रपतिको भनाई छ । शनिबारको परीक्षणपछि आफूलाई कुनै लक्षण नदेखिए पनि आफ्नो सम्पर्कमा आउनेलाई सतर्क रहन राष्ट्रपति वाइडेनले सचतर्क बनाएका छन् । चिकित्सक केभिन ओकोनरका अनुसार राष्ट्रपति बाइडेनको स्वास्थ्य स्थिति हेर्दा उनलाई थप उपचार गर्नु आवश्यक छैन। हाल वाइडेनले प्याक्सलोभिड खाइरहेका छन्।