वासिंटन । अमेरिकी राष्ट्रपति जो बाइडेन एयरफोर्सको जहाजको भर्याङमा चिप्लिएका छन् । उनी भर्याङ चढ्दाचढ्दै लडेका हुन् । वासिंटनबाट एटलान्टाका लागि जान जहाज चढ्ने क्रममा बाइडेन भर्याङमा चिप्लिएर लडेका थिए । यो क्षणलाई भने संचारमाध्यमले खिचेका थिए ।
चिप्लिएर लडेका उनी उठ्ने कोसिस गर्दा गर्दा फेरि चिप्लिएका थिए । यद्दपी उनी अहिले शतप्रतिशत फिट रहेको ह्वाइटहाउसले जनाएको छ । उनको साथमा उपराष्ट्रपति कमला ह्यारिस पनि थिइन् ।