काठमाडौं । श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमसिंघेले देशमा संकटकाल लगाएका छन् ।
प्रधानमन्त्री रनिल विक्रमासिंघेले बुधबार संकटकाल घोषणा गरेको समाचार संस्था एएफपीले जनाएको छ। सरकारले पश्चिमी प्रान्तमा कर्फ्यु आदेश पनि जारी गरेको छ ।
प्रदर्शनकारीले राष्ट्रपति भवन कब्जा गरेपछि राष्ट्रपति गोटाबाया राजपक्षे देश छाडेर भागेका छन् । उनी भागेर माल्दिभ्स पुगे लगत्तै विक्रमसिंघेले देशमा संकटकाल घोषणा गरेका हुन् ।
प्रधानमन्त्री विक्रमासिंघेले हिंसात्मक तरिकाले प्रदर्शन गर्नेहरूलाई पक्राउ गर्न सुरक्षा निकायलाई निर्देशन समेत दिएका छन्। वेस्टर्न पोभिन्समा कर्फ्यूको पनि घोषणा गरिएको छ।
देशमा आर्थिक संकट आएपछि त्यहाँका जनताले राष्ट्रपति राजापाक्षे र प्रधानमन्त्री विक्रमासिंघेको राजीनामा मागेर राजधानी कोलोम्बोमा प्रदर्शन गरिरहेका छन्। आक्रोशित प्रदर्शनकारीहरूले राष्ट्रपति भवन समेत कब्जा गरेका छन्।
उनीहरूले प्रधानमन्त्री कार्यालयमा समेत तोडफोड तथा आगजनी गरेका छन्। बुधबार पनि उनीहरूले प्रधानमन्त्री कार्यालय नजिकै प्रदर्शनकारी गरेका छन्।