लकडाउन ३२ जेठसम्म लम्बियो

काठमाडौं । नेपालमा सरकारले लकडाउनको अवधि थप १२ दिन लम्ब्याएको छ । कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलिन नदिन लकडाउनलाई ३२ जेठसम्म लम्ब्याउने निर्णय भएको संचारमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

यस अवधिमा लकडाउनको मोडालिटी भने हेरफेर हुन सक्ने उनले जानकारी दिए । विज्ञहरुसँग परामर्श गरेर मोडालिटी तय हुने उनले बताए । यसअघि तोकिएको लकडाउनको अवधि २० जेठसम्म मात्र थियो । यसबीचमा कोरोना संक्रमण कम हुनुको साटो अझ बढी फैलिएपछि सरकारले लकडाउनको अवधि बढाएको हो ।