शाखारहित बैंकिङ कारोबार गर्दा यी कुरामा ध्यान दिन राष्ट्र बैंकको आग्रह

काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय शाखारहित बैंकिङ सेवामार्फत कारोबार गर्दा सजगता अपनाउन आग्रह गरेको गरेको छ ।

राष्ट्र बैंकले बुधबार एक सूचना जारी गर्दै शाखारहित बैंकिङ सेवामार्फत कारोबार गर्दा मुख्य ४ कुरामा ध्यान दिन विशेष आग्रह गरेको हो ।

बैंक तथा वित्तीय संस्थाको आधिकारिक प्रतिनिधी र सहायक प्रतिनिधी मार्फत तोकिएको सेवा केन्द्रमा गइ काराबोर गर्न, कारोबार गर्दा विद्युतीय उपकरण मात्र प्रयोग गर्न अनुरोध गरेको छ ।

त्यस्तै, कारोबार गरिसकेपछि प्राप्त हुने प्रिन्टेड स्लिपमा आफूले गरेको कारोबार सही छ छैन एकीन गर्न, शाखारहित बैंकिङबाट गरेको कारोबार बेलाबेलामा सम्बन्धित बैंकबाट एकीन गर्न अनुरोध गरेको छ ।

– बैंक तथा वित्तीय संस्थाको आधिकारिक प्रतिनिधि र सहायक प्रतिनिधिमार्फत् मात्र तोकिएको सेवा केन्द्रमा गई कारोबार गर्नुपर्दछ ।

– सेवाग्राहीले कुनै पनि कारोबार गर्दा विद्युतीय उपकरणमार्फत् मात्र गर्नुपर्दछ ।

– कारोबार गरिसकेपछि विद्युतीय उपकरणबाट प्राप्त हुने प्रिन्टेड स्लिप अनिवार्य रुपमा लिई आफूले गरेको कारोबारबमोजिम भए नभएको यकीन गर्नुपर्दछ ।

– विद्युतीय उपकरणबाट सुनिने आवाज (ध्वनी) मार्फत् पनि आफूले गरेका कारोबारको यकीन गर्न सकिन्छ ।

– शाखारहित बैंकिङ कारोबारमार्फत रकम जम्मा गर्दा, ऋणको किस्ता तिर्दा अथवा रकम झिक्दा आफूले कारोबार गरेबमोजिमको भए नभएको बेला बेलामा बैंक खातामार्फत समेत यकीन गर्नुपर्दछ ।

– व्यक्तिगत सम्बन्धको आधारमा कसैलाई बैंकमा रकम जम्मा गर्न दिएको भए त्यस्तो रकम सम्बन्धित खातामा जम्मा भए/नभएको तुरुन्त यकीन गर्नुपर्दछ ।

– सेवा सम्बन्धमा केही सुझाव तथा गुनासो भएमा राष्ट्र बैंकको फोन नं. ४४१५१५८ वा गुनासो सुनुवाई गर्ने पोर्टलमा जानकारी गराउनुपर्दछ ।