न्युयोर्क
शुक्रबार राति न्युयोर्कस्थित हार्लमको एक अपार्टमेण्ट बिल्डिङमा गोली चल्दा दुई प्रहरीको मृत्यु भएको छ । एकको घटनास्थमा र अर्को प्रहरीको उपचारको क्रममा मृत्यु भएको हो ।
घटनामा सन्धिग्द अपराधिलाई तेश्रो प्रहरीले गोली हान्दा घाईते अवस्थामा रहेको प्रहरीले जनाएको छ । शुक्रबार साँझ ६ बजेर १५ मिनेट जाँदा एक महिलाले आफ्नो छोरासँग झगडा परेपछि ९११ मा कल गरेर प्रहरी सहायता मागेकी थिईन् । सहयोग गर्न पुगेको प्रहरी माथि सन्धिग्दले गोली चलाएका थिए । घटनामा २२ वर्षीय जेसन रिभेरा र २७ वर्षीय विल्बर्ट मोरा
नामका प्रहरीको मृत्यु भएको छ । ४७ वर्षीय लस्वन म्यक्निल नामका सन्धिग्दले प्रहरी माथि गोली चलाएको प्रहरीको दाबी छ ।