काठमाडौं । विदेश जान प्रतिबन्ध फुकुवा हुनुपर्ने मागसहित क्रिकेटर सन्दीप लामिछानेले गरेको पुनरावेदनको अर्को पेसी आइतबारलाई तोकिएको छ ।
न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले उनलाई विदेश जान अनुमति दिन नमिल्ने बताउँदै लामिछानेको निवेदन एकैसाथ राखेर १४ गतेलाई पेशी तोक्न सर्वोच्च अदालतले आदेश दिएको छ।
जबरजस्ती करणीको मुद्दामा यसअघि उच्च अदालतले उनलाई धरौटीमा रिहा गर्न आदेश दिए पनि विदेश जान भने प्रतिबन्ध लगाएको थियो। त्यसविरुद्ध सन्दीपले सर्वोच्चमा निवेदन गरेका थिए। तर उनको अपिल अनुसार आदेश नहुने सर्वोच्चको आदेश छ।