सन्दीपविरुद्धको सुनवाइ आजपनि स्थगित

काठमाडौं । सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजको सुनवाइ स्थगित भएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा आज उक्त मुद्दा परेको थियो। अरु मुद्दाहरूका कारण हेर्न नभ्याइनेमा परेको कारण लामिछानेविरुद्धको मुद्दाको सुनवाइ स्थगित भएको हो ।

यसअघि गत चैत १३ गते सन्दीपविरूद्धको मुद्दा अन्तिम सुनुवाइका लागि पेशीमा चढेको थियो। न्यायाधीश माधव घिमिरेको इजलासमा सुनुवाइ हुने भनिए पनि सन्दीपका वकिलले सुनुवाइ स्थगित गर्न निवेदन दिएपछि सुनुवाइ भएको थिएन।