काठमाडौं । सन् २०२१ मा नेपाल आएका विदेशी पर्यटकमध्ये सबैभन्दा धेरै अमेरिकी नागरिक रहेको पाइएको छ । यस वर्ष जनवरी अक्टोवरसम्म नेपाल भित्रिएका पर्यटक मध्ये अमेरिकाबाट धेरै रहेका छन् । ३३ देशबाट नेपाल आएका पर्यटक मध्ये १५.५४ प्रतिशत अमेरिकी नागरिक रहेको नेपाल पर्यटन बोर्डको तथ्यांक छ । बोर्डका अनुसार जनवरीदेखि अक्टोवरसम्म ३३ देशबाट एक लाख १४८ जना पर्यटक नेपाल भित्रिएका छन् । जसमा १५ हजार ५६५ जना अमेरिकी पर्यटक रहेका छन् । नेपालमा संखयात्मक हिसाजवले भारत र चीनको बाहुल्य छ । तर, यो वर्ष कोरोना महामारी र यात्रामा लगाइएका प्रतिवन्धका कारण यी मुलुकबाट पर्यटक आउन पाएका छैनन् । कोरोना भाइरस संक्रमणको दर कम हुदै गएपछि सरकारले पर्यटकका लागि आगमन खुल्ला गरेपछि पर्यटकको आगमनदर बढ्दै गएको भने देखिएको छ । अक्टोवरमा २३ हजार २८४ जना र सेक्टेम्बर महिनामा मात्र ३५ राष्ट्रबाट ९९९८ जना पर्यटक नेपाल भित्रिएका छन् । बोर्डको तथ्याङक अनुसार यस अघि जुलाइ महिनामा दुई हजार ९९१ आएका थिए भने अगस्टमा महिनामा छ हजार पर्यटक नेपाल आएको आंकडा रहेको छ ।
सन् २०२१ मा नेपाल आउने पर्यटकमा सबैभन्दा बढी अमेरिकी नागरिक
