काठमाडौं । ११ चैत २०७६ यता बन्द भएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को अनलाइन आवेदन आगामी मंगलबारबाट सूचारु हुने भएको छ । यातायात व्यवस्था विभागले यस्तो जानकारी गराएको हो । लाइसेन्स वितरणका लागि आवेदन, लिखित परीक्षा र ट्रायल मंगलबारदेखि सूचारु हुने विभागको भनाई छ ।
कोरोना भाइरसविरुद्ध स्वास्थ्य मन्त्रालयले तयार पारेको मापदण्ड पालना गर्ने गरी नयाँ लाइसेन्सको परीक्षा र वर्ग थपको प्रक्रिया खुला गर्न लागिएको छ । अब प्रदेश यातायात कार्यालयमार्फत पनि नयाँ लाइसेन्स वितरण खुला हुने भएको छ । लामो समयदेखि लाइसेन्स वितरण बन्द हुँदा लाखौं सेवाग्राही प्रभावित बनेका थिए ।